`

कश्मीरमा बाढीका कारण ६० जनाको मृत्यु, खोजीकार्य जारी

Nepal One HD ३० साउन २०८२ १६:००
विश्व

काश्मीरमा आएको बाढीका कारण कम्तीमा ६० जनाको मृत्यु भएको पुष्टि गर्दै उद्धार कार्य जारी रहेको भारतीय उद्धार टोलीले शुक्रबार जनाएका छन् ।

कश्मीरको किश्तवार जिल्लाको हिमाली गाउँमा भारी वर्षापछि आएको बाढीले गर्दा हिन्दू तीर्थयात्रीसहित दर्जनौँ बेपत्ता भएको उनीहरुले जनाएका छन् । उद्धार टोलीका अनुसार या महिना भारतमा यो वर्ष आएको दोस्रो ठुलो घातक बाढीजन्य प्रकोप हो ।

अधिकारीहरूले चिसोटी गाउँस्थित अस्थायी भान्साबाट १०० भन्दा बढी तीर्थयात्रीहरूलाई बगाएको कस्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले बताउनुभएको छ ।

बाढीले पहाडबाट झारेको माटो, ठुला ढुङ्गाहरू र भग्नावशेषहरू उत्खनन गर्न आवाश्यक मेसिन तथा सैनिकहरू ‘कठोर मौसम र दुर्गम भूभागको सामना गर्दै घाइतेहरूको उद्धारमा संलग्न रहेको’ जनाइएको छ ।

विपद् व्यवस्थापनका एकजना शीर्ष अधिकारी मोहम्मद इर्शादलाई उदृत गर्दै एएफपीले ‘६० जनाको मृत्यु भएको रेकर्ड गरिएको’ उल्लेख गरेको छ ।

“बेपत्ता व्यक्तिहरूको खोजी तीव्र पारिएको जनाउदै इर्शादले करिब ५० जना गम्भीर घाइतेहरूलाई अस्पताल लगिएको बताउनुभएको छ ।

गत अगस्ट ५ मा भारतको उत्तराखण्डमा आएको बाढी जन्य प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या ७० भन्दा बढी पुगेको छ ।

संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठनले गत वर्षको तीव्र बाढी र खडेरी जलवायु परिवर्तनले जल चक्रलाई प्रभावित बनाएको कारण ‘मौसमी सङ्कट’ वृद्धि भएको बताएको छ ।

आँधीका कारण सडकहरू पहिले नै क्षतिग्रस्त भइसकेकाले यस क्षेत्रको मुख्य सहर श्रीनगरबाट सडकमार्फत २०० किलोमिटरभन्दा बढी भाग बाढीका कारण क्षति भएको जनाइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीमा आफ्नो स्वतन्त्रता दिवसको अवसरमा दिएको भाषणमा समेत उक्त विपत्तिलाई सम्बोधन गर्नुभएको छ ।

“पछिल्ला केही दिनदेखि हामीले प्राकृतिक प्रकोप, बाढी पहिरोलगायतका प्रकोपहरूको सामना गरिरहेका छौं,” मोदीले आफ्नो सार्वजनिक सम्बोधनमा भन्नुभयो । उहाँले प्रभावित जनताप्रति सहानुभूति व्यक्त गर्दै प्रकेपको सामना गर्न प्रदेश सरकार र केन्द्र सरकार मिलेर काम गरिरहेको बताउनुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *