`

०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी

Nepal One HD ३१ साउन २०८२ १६:१४
राजनीति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले रास्वपाले ०८४ मा रास्वपाले १९० सिट ल्याउने दाबी गरेका छन्।

शनिबार काठमाडौँको जडीबुटीमा मेलुङ–सैलुङ सम्पर्क विभागले आयोजना गरेको वृहत् भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद खनालले हालका १९ जना सांसदले नै संसदमा प्रश्न खडा गरिरहेको भन्दै १९० जना सांसद पुगेपछि कांग्रेस र एमालेले झनै दबाब महसुस गर्ने बताएका हुन्।

‘हाम्रो १९ जना देखेर डराएका होइनन्, हामी १९ जनाले पनि तर्साइ त राखेका छौं तर उहाँहरूको मना के ढ्याँग्रो पिट्न थाल्यो भने, १९ को सट्टा १९० आउने भए यिनीहरू,’ सांसद खनालले भने, ‘१९ को सट्टा अब ०८४ मा १९० हुने भए । १९ ले त यस्तो धौ–धौ पार्दछन्, १९ ले त यस्ता अफ्ठयारा अफ्ठ्यारा प्रश्न सोध्छन्, १९० जना राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रतिनिधि सभामा हुँदा के हुन्थ्यो होला ?’

१९ जना सांसदहरूले अहिलेका बाँकी सांसदहरुलाई चुनौती दिइरहेको सांसद खनालको भनाइ थियो । उनले कांग्रेस र एमालेका सांसदहरूले संसदमा रास्वपामाथि मात्र आक्रमण गर्ने गरेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *