`

वैदेशिक यात्राका लागि अध्यागमन विभागले गर्‍यो एयरलाइन्सदेखि ट्राभल्ससम्मलाई यस्तो अनुरोध

Nepal One HD १ भदौ २०८२ १५:१३
प्रशासन

काठमाडौँ । अध्यागमन विभागले सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक यात्राका लागि विभिन्न ७ पक्षलाई अनुरोध गरेको छ ।

अध्यागमन विभागले वैदेशिक यात्रालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन भन्दै ट्राभल एजेन्सी, कन्सल्टेन्सी, म्यानपावर कम्पनीदेखि एयरलाइन्ससम्मलाई लक्षित गरी सार्वजनिक अनुरोध गरेको हो ।

विभागले आज एक सार्वजनिक अनुरोध जारी गर्दै विमानस्थलमा हुने ‘सेटिङ’, नक्कली कागजातको प्रयोग र भिजिट भिसाको दुरूपयोग रोक्न कडा कदम चाल्ने संकेत दिएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश प्रस्थान गर्ने र नेपाल प्रवेश गर्ने यात्रुहरुलाई प्रदान गरिने सेवालाई थप सरल र सहज बनाउन सहयोग गर्न विभागले यात्रुसहित ७ संस्थाहरुलाई अनुरोध गरेको छ ।

नागरिक तथा यात्रुहरूका लागि, वायु सेवा कम्पनीका लागि, स्थानीय तह र जिल्ला प्रशासनका लागि, सञ्चारमाध्यमहरूका लागि, कूटनीतिक नियोगहरूका लागि, ट्राभल्स र मेनपावरका लागि र सटही कारोबार गर्ने संस्थाहरूका लागि विभागले छुट्टाछुट्टै अनुरोध गरेको हो ।

 विभागले अब अनुमान, शङ्का र यात्रुको भौतिक हैसियतको आधारमा कुनै नेपाली नागरिकलाई विभेदपूर्ण व्यवहार नगर्ने समेत स्पष्ट गरेको छ ।  वैध राहदानी, भिसा, टिकट, होटल बुकिङ्ग वा आफन्तसँग बस्ने प्रमाण लगायतका आवश्यक कागजात बोकेर आउने यात्रुलाई अनावश्यक रोकावट नहुने विभागको भनाइ छ ।

सूचनामा भनिएको छ,‘सबै यात्रुहरुलाई विमानको प्रस्थान समयभन्दा कम्तीमा १ घण्टा अगावै अध्यागमनको स्टेरेलाइज्ड एरियामा अनिवार्य रूपमा पठाउन सबै वायुसेवा कम्पनीहरूलाई अनुरोध गरिन्छ। यसका लागि चेक-इन काउन्टर समयमै बन्द गर्ने व्यवस्था मिलाई अध्यागमन क्षेत्र र प्रक्रियामा अनावश्यक दबाब तथा असहज अवस्था नहुने गरी व्यवस्थापन गर्नुहुन अनुरोध गरिन्छ ।’

विभागको ७ अनुरोध यसप्रकार छन्–


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *