माओवादी अध्यक्ष प्रचण्डसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

माओवादी केन्द्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्।
नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले अध्यक्ष निवास खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेट वार्ता गरेका हुन् ।
भेटमा नेपाल -भारत द्विपक्षीय हितका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । यसअघि मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै भेटवार्ता गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट