६ अङ्कले बढ्यो सेयर बजार

अर्थ समाचार

काठमाडौं । आज पनि नेपाल स्टक एक्सचेन्ज९नेप्से० झिनो अङ्कले बढेको छ । मङ्गलवार नेप्से ६ दशमलव ५१ अङ्कले बढेर २७७६ दशमलव ९० को बिन्दुमा बन्द भएको हो । अघिल्लो दिन सोमबार पनि परिसूचक ९ दशमलव १६ अङ्कले बढेर २७७० दशमलव ३९ को बिन्दुमा बन्द भएको थियो ।
साताको तेस्रो कारोबार दिन बजारमा कुल १ करोड ३१ लाख २४ हजार ३१० कित्ता सेयरको लेनदेन हुँदा ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ ।
आज उपसमूहतर्फका सबै सूचकहरू बढेका छन् । कारोबार समयमा १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने, १०७ वटाको घटेको छ ।
युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड कारोबारका आधारमा ३१ करोड ७२ लाख ३७ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।
मङ्गलवार बजार पुँजीकरण ४६ खर्ब ३७ अर्ब रुपैयाँ रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट