`

उपसभामुखलाई हटाउन खोजेपछि प्रचण्डले बोलाए विपक्षी दलको बैठक

Nepal One HD ३ भदौ २०८२ १४:१६
माओवादी केन्द्र

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् । सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको भनिएको बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् ।

कांग्रेस एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने गृहकार्य अघि बढाएपछि प्रचण्डले विपक्षी दलसँग छलफल गर्न लागिको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

उनका अनुसार बैठक संसदीय दलको कार्यालयमा तीन बजे बस्नेछ। उपसभामुखलाई हटाउन कांग्रेस एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *