`

भदौमा दोस्रो पटक बजारबाट ३० अर्ब खिच्दै राष्ट्र बैंक

Nepal One HD ४ भदौ २०८२ ११:३०
अर्थ समाचार

काठमाडौं । भदौ महिनाको पहिलो साताभित्रै नेपाल राष्ट्र बैङ्कले दोस्रो पटक निक्षेप सङ्कलन उपकरण जारी गरेको छ । बुधबार दोस्रो पटक बैङ्क तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैङ्कले निक्षेप सङ्कलन उपकरण जारी गरेको हो ।

गत आइतबार अर्थात् भदौ महिनाको पहिलो दिन राष्ट्र बैंकले ३१ दिनको लागि ६० अर्ब रुपैयाँको निक्षेप सङ्कलन उपकरण जारी गरेको थियो । आज बुधबार २५ दिनको लागि ३० अर्ब रुपैयाँ बजारबाट खिच्न लागेको हो । जसको बोलकबोल बुधबार नै ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’मार्फत हुनेछ ।

राष्ट्र बैंकका अनुसार बुधबार ३ बजेसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् ।

उपकरणको ब्याजदर बोलकबोलमार्फत नै निर्धारण हुनेछ भने, सावाँ तथा ब्याज भुक्तानी भदौ २९ गते हुने राष्ट्र बैङ्कले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *