नेटोका सैन्य प्रमुखद्वारा युक्रेनको सुरक्षा प्रत्याभूतिबारे छलफल गर्ने


नेटोका सैन्य प्रमुखहरूले युक्रेनको लागि अन्तिम सुरक्षा सुनिश्चितताको विवरणमा बुधबार छलफल गर्नेगरी कार्यक्रम तय गरेका छन् ।
सैन्य प्रमुखहरूबीच अन्तिम सुरक्षा सुनिश्चितताको कूटनीतिक प्रयास जारी रहे पनि रुसी सेनाले युक्रेनी थप तीन वस्तीमा सफलता हात पारेको दाबी गरेको छ । युक्रेनी अधिकारीहरूले मस्कोको क्षेप्यास्त्रबाट थप व्यक्तिको मृत्यु भएको बताएका छन् ।
नेटोका ३२ सदस्य राष्ट्रका सैन्य प्रमुखहरूको भर्चुअल बैठकमा हुने भएका केही विवरणहरू चुहावट भएका छन् बैठक बुधबार अपराह्न २ः३० बजे सुरु हुनेछ।
तर मङ्गलबार साँझ नेटोका ‘ज्वाइन्ट चिफ्स अफ स्टाफ’का प्रमुख तथा शीर्ष अमेरिकी अधिकारी डन केनले युरोपेली सेनाका प्रमुखहरूसँग ‘सम्भावित युक्रेन शान्ति सम्झौताका लागि उत्तम विकल्प’ बारे छलफल गरेको एक अमेरिकी रक्षा अधिकारीले एएफपीलाई बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ऐतिहासिक भेट गरेको तीन दिनपछि सोमबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग ह्वाइट हाउसमा भेटवार्ता गर्नुभएको छ ।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता युक्रेनलाई अर्बौँ डलरको अमेरिकी समर्थनको चर्को आलोचना गर्दै आएका ट्रम्पले यसअघि युरोपेली राष्ट्रहरू कुनै पनि समाधानका लागि ‘जनतालाई जमिनमा हाल्न’ इच्छुक रहेको बताएका थिए। उहाँले अमेरिकी सेना पठाउन अस्वीकार गरे पनि त्यसको साटो हवाई सहयोग उपलब्ध गराउने बताउनुभएको थियो ।
रूसी नेता पुटिनले जेलेन्स्कीलाई भेट्ने र युक्रेनका लागि पश्चिमा सुरक्षा प्रत्याभूति स्वीकार्न सहमत भएको राष्ट्रपति ट्रम्पले बताए पनि किएभ र नेटोका सदस्य राष्ट्रहरूका नेताहरूले सावधानीपूर्वक प्रतिक्रिया दिएका छन्।
– नयाँ रूसी आक्रमण –
रुसको रक्षा मन्त्रालयले बुधबार टेलिग्राममा आफ्नो सेनाले डोनेट्स्क क्षेत्रमा पर्ने सुखेत्स्के र पान्किभका गाउँकब्जा गरेको जनाएको छ ।
गत हप्ता रुसी सेनाले युक्रेनी रक्षा प्रणालीलाई ध्वस्त पारेको र पोक्रोभ्स्क र कोस्टियानटाइनिभ्काको सैनिक बन्दोबस्तीका सामान भण्डारण क्षेत्रको बीचमा रहेको मोर्चाको नजिकै छ।
पूर्वी खार्किभ क्षेत्रमा रुसी ड्रोन आक्रमणमा ७० र ७१ वर्षका दुई जनाको मृत्यु भएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
युक्रेनको पूर्वी शहर कोस्टियनटाइनिभ्कामा रहेको एक आवासमा रुसी ‘ग्लाइड बम’ विस्फोट हुँदा कम्तीमा चार जना भग्नावशेषमा फसेको त्यहाँका सैनिक प्रशासन प्रमुख सर्गी गोर्बुनोभले जानकारी दिनुभयो ।
क्षेत्रीय गभर्नर ओलेग ग्रिगोरोभका अनुसार रुसले सुमी क्षेत्रको उत्तरपूर्वी शहर ओख्तिर्कामा गरेको हवाई आक्रमणमा तीन बालबालिकासहित कम्तीमा १४ जना घाइते भएका छन् ।
जेलेन्स्कीका अनुसार यी पछिल्ला आक्रमणले मस्कोमाथि थप दबाब सिर्जना गर्ने आवश्यकतालाई पुष्टि गरेको छ ।