साताको अन्तिम कारोबारमा ९ अङ्कले घट्यो नेप्से


काठमाडौं । सातको अन्तिम कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज९नेप्से० झिनो अङ्कले घटेको छ । सातको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ९ दशमलव २२ अङ्कले घटेर २७५७ दशमलव ९७ को बिन्दुमा कायम भएको छ । यस दिन बजारमा कुल १ करोड ६८ लाख ५५ हजार ९०६ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ अर्ब २ करोड १ लाख ४ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन बुधवार भने नेप्से परिसूचक ९ दशमलव ७० अङ्कले घटेर २७६७ दशमलव २० को बिन्दुमा बन्द भएको थियो ।
आज विकास हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ डेभेन्चर र रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी नाफा कमाएका छन् । त्यस्तै, कारोबारमा रहेका कम्पनीहरूमा ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने, १९७ वटाको घटेको छ ।
कारोबारको आधारमा भने हिमालयन रिइन्स्योरेन्स २४ करोड ९ लाख ५० हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।
बिहीबार बजार पुँजीकरण भने ४६ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ ।
यस्तो रह्यो साताको कारोबार:
साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक २७ दशमलव १४ अङ्कले घटेर २७७० दशमलव २२ को बिन्दुमा बन्द भएको थियो ।
साताको दोस्रो कारोबारका दिन सोमबार भने परिसूचक ९ दशमलव १६ अङ्कले बढेर २७७० दशमलव ३९ को बिन्दुमा बन्द भएको थियो ।
तेस्रो दिन मङ्गलवार ६ दशमलव ५१ अङ्कले सेयर बजारमा वृद्धि भएको थियो ।
बुधवार नेप्से परिसूचक ९ दशमलव ७० अङ्कले घटेर २७६७ दशमलव २० को बिन्दुमा बन्द भएको थियो । र साताको अन्तिम कारोबारका दिन नेप्से ९ दशमलव २२ अङ्कले घटेर बन्द भएको छ ।