`

नाडा आटो सो २०२५मा टाटाको नयाँ सफारीदेखि टीयागोसम्म

Nepal One HD ५ भदौ २०८२ १६:४०
अर्थ समाचार

काठमाडौं । नाडा आटो सो २०२५ मा टाटाले आफ्नो धमाकेदार प्रर्दशन गरेको छ । काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको नाडा अटो सो २०२५ मा टाटाले सफारीदेखि कर्भ ईभीसम्मको मोडेल सार्वजनिक गरेको हो ।

नेपालका लागि टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले अटो सोमा टाटा सफारीका तीन भोरियन्ट सार्वजनिक गरेको छ । टाटाको आइकोनिक एसयूभी सफारीको नयाँ जेनेरेशन मोडल अटो सोमा नै लन्च गरिएको हो ।


हाइटेक फिचरका साथ टाटाको नयाँ जेनेरेशन सफारी नेपाल भित्र्याएको हो ।

८.८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको टीएफटी इन्ट्रुमेन्ट कन्सोल जस्ता फिचरका साथ नयाँ सफारी नेपाल भित्रिएको हो । त्यस्तै, नयाँ जेनेरेशनमा २.० लिटर डिजेल इन्जिनले अधिकतम १७० पीएस पावर र ३५० एनएम पिक टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।
यी तीन भेरियन्टमध्ये एकम्प्लिस्ड प्लस एमटीको मूल्य १ करोड २१ लाख ९९ हजार तोकिएको छ । त्यस्तै, एकम्प्लिस्ड प्लस एटीको मूल्य १ करोड २९ लाख ९९ हजार र एकम्प्लिस्ड प्लस डार्क एटीको मूल्य १ करोड ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

कर्भ ईभी:

कुपे डिजाइनमा नयाँ मोडलको रूपमा कर्भ ईभीको टप भेरियन्ट प्रर्दशनमा रहेको छ । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधिसहित टाटा कर्भ ईभीको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टच स्क्रिन छ ।

हाई भेरियन्टमा १०.२५ इन्चको डिजिटल इन्स्टुमेन्ट क्लस्टर छ । ५५ किलोवाट आवरको ब्याट्रीमा सार्वजनिक भएको कर्भ इभीमा सुरक्षा फिचर्समा एन्टिलक ब्रेकिङ सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल छ भने अधिकतम गति १६० प्रतिकिलोमिटर छ ।

टाटा टियागो

टाटाले २०२५ मोडलमा टीगायो पनि सार्वजनिक गरेको छ । टाटा टियागो इन्ट्री लेभलको मोडल हो । एन्ड्रोइड अटो र नेभिगेसनसहितको हर्मनको ७ ईन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ । बाहिरी भागमा १८० एमएम ग्राउन्ड क्र्ल क्लियरेन्स छ ।

टाटा टियागोको २६ किलोवाट आवर ब्याट्रीले एआरएआई अनुसार ३१५ किमीको रेन्ज दिने दाबी गरिएको छ । जसका लागि २५ किलोवाट डिसी फास्ट चार्जिङले ६५ मिनेटमै ८० प्रतिशत चार्ज हुन्छ ।

 

पंन्च ईभी:

गत वर्ष नेपालमा लन्च गरिएको टाटाको पन्च ईभी अटो सोमा राखिएको छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स रहेको पन्च ईभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ ।

नेपालका विभिन्न भूभागमा गरेको परीक्षणमा यो गाडीले २७० देखि २९० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी कम्पनीको छ । पन्च ईभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको कम्पनीले जनाएको छ ।

 

टाटा नेक्सनको नयाँ भर्जन के थ्रीः

टाटाको नेक्सनको नयाँ भर्जन के थ्री ४५ किलोवाट आवर ब्याट्री क्षमतामा आएको छ । अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम जसले सवारीसाधन, पैदलयात्री, साइकल चालक जंक्सनलगायतमा ठोकिन रोक्छ । गाडीलाई सुरक्षित राख्नको लागि स्वचालित ब्रेकले काम गर्छ । यसमा ब्याट्री प्याक ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री प्याक छ । ४५ किलोवाट आवरको ब्याट्री प्याक भएको भेरियन्टले ४३० किमी रेन्ज दिने कम्पनीको दाबी छ । तर ५५ किलोवाट आवर ब्याट्री प्याक भएको भेरियन्टले ५०२ किमी रेन्ज दिनेद दाबी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *