नाडा अटो शो आज सकिँदै, के–के छन् अन्तिम दिनका आकर्षण ?


नाडा अटो शो आज सकिँदै, के–के छन् अन्तिम दिनका आकर्षण ?
काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो–२०२५ आज सकिँदै छ । १७औं संस्करणको ६ दिने नाडा अटो शोमा शनिबारसम्म १ लाख ४९ लाख हजारले अवलोकन गरिसकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
चाडबाडको मुखमा आयोजना गरिएको अटो शोमा टायर, ब्याट्रीदेखि चारपांग्रे सवारीसाधनसम्म बुकिङ गर्ने क्रम आज सकिने छ ।
प्रायः ब्रान्डमा केही न केही छुट अफर राखिएको आयोजकको भनाइ छ । अटो शोमा मुख्य आकर्षण युनिट्री रोबोटिक डग, अत्याधुनिक चारपांग्रे रोबोट्स र दीपलको ईभीटीओएल फ्लाइङ ट्याक्सी (उड्ने ट्याक्सी) छ ।
शनिबार मात्रै ४५ हजारभन्दा बढी अवलोकनकर्ता अटो एक्स्पोमा सहभागी भएको ‘नाडा अटो शोले जनाएको छ ।
ब्याट्री, टायर, लुब्रिकेन्ट र विभिन्न कम्पनीका सवारीसाधनका स्टल, बैंक तथा वित्तीय संस्था, बिमालगायतबारे जानकारी र सुविधा एउटै छानामुनि पाइने भएकाले धेरैको रोजाइमा नाडा अटो शो परेको हो । अटो शोमा विभिन्न कम्पनीले सवारीसाधनको खरिदमा आकर्षक छुट दिएका छन् ।
विगतका वर्षमा आयोजना हुँदै आएको अटो शोको तुलनामा यस पटक आगन्तुकको उपस्थिति सोचेभन्दा धेरै राम्रो रहेको नाडाले बनाएको छ ।
१७औं संस्करणको अटो शोमा स्टल धेरै रहेको रोबोट, उड्ने ट्याक्सीलगायत नयाँ प्रविधिले गर्दा अटो शो हेर्न अवलोकनकर्ता बढेका हुन् । गत वर्षको अटो शो ८२ हजारले अवलोकन गरेका थिए । यस वर्ष १ लाख जनाले अटो शो अवलोकन गर्ने अपेक्षा गरे पनि साढे १ लाख जनाले अवलोकन गरिसकेका छन् । छुट अफरका कारण दुई र चारपांग्रे सवारीसाधन बुकिङसमेत बढिरहेको नाडाले जनाएको छ ।
अटो शोमा १ सय २५ भन्दा बढी अटो र यससँग सम्बन्धित ब्रान्ड प्रदर्शनीमा छन् ।
यस पटकको नाडा अटो शोमा विभिन्न ब्राण्डहरूले आफ्ना नयाँ उत्पादनहरू सार्वजनिक गरेका छन् । खासगरी सीजी अटोमोबाइल्स, एमएडब्ल्यु इन्टरप्राइजेज, साइमन इङ्क, एमएडब्लू वृद्धि अटोकर्प, सिप्रदी ट्रेडिङ प्रालि लगायतले अटो शोको लागि नयाँ मोडलका सवारी साधन प्रदर्शनीमा ल्याएका छन् । अटो शोका लागि व्यवसायीहरूले छुटसहितको ‘रिजनेबल’ मूल्य कायम गरेको दाबीसमेत गरेका छन् । अहिले अटो शोमा प्रदर्शनीमा आएका नयाँ मोडलका सवारी साधनमध्ये केही सवारी साधनको बारेमा यहाँ उल्लेख गरिएको छ ।
मुख्य आकर्षणको रुपमा उड्ने कार देखाइँदै छ। दोस्रोमा मानिससँग अन्तरक्रिया गर्ने रोबोट प्रदर्शन हुँदैछ ।