`

प्रचण्डले बोलाएको पदाधिकारी बैठक स्थगित

Nepal One HD ८ भदौ २०८२ १२:३०
राजनीति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक फेरि स्थगित भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए ।

 दिउँसो २ बजे पार्टी मुख्यालय पेरिसडाँडामा तय गरिएको बैठकमा मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान, समसामयिक राजनीतिक घटना, एकताबाट आएकाहरूको जिम्मेवारीलगायतको एजेण्डा थिए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्थताका कारण बैठक स्थगित गरिएको जानकारी आएको श्रेष्ठले बताए । यसअघि बिहीबार बोलाइएको बैठक समेत स्थगित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *