`

राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा न्यौपानेको उम्मेदवारी दर्ता

Nepal One HD १० भदौ २०८२ १५:३४
राजनीति

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

मंगलबार समिति सभापति निर्वाचनका लागि तोकिएको समयमा न्यौपानेले उम्मेदवारी दर्ता गरिएकाे सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले जानकारी दिए ।

संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापतिबाट राजीनामा दिएर मंगलबार (भदौ १०) उनी राज्यव्यवस्थामा उमेदवार बनेकी हुन् ।

राज्यव्यवस्था समितिको सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडा छन् । सभापति छनोट बुधबार (भदौ ११) दिउँसो ३ बजे समिति बैठक बोलाइएको छ ।

गएको साउन २७ गते खतिवडाले सभापतिबाट राजीनामा दिएपछि पद रिक्त छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *