`

सन्तोष राजावादी पक्राउ

Nepal One HD १० भदौ २०८२ १५:४०
प्रमुख खबर

काठमाडौँ । तिजबारे अनावश्यक लेखेर सनातन धर्ममाथि नै प्रहार भएको भन्दै गोरखापत्र जलाउन खोज्ने सन्तोष कुमार सिलवाल(सन्तोष राजावादी) पक्राउ परेका छन्।

माइतीघरमा प्रदर्शन गरिरहेका वेला मंगलबार उनी पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । धादिङको सितले गाउँपालिका–४ स्थायी घर भएका सन्तोष काठमाडौंको कलंकीमा बस्दै आएका छन् ।

उनी गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक आन्दोलनको क्रममा पनि पक्राउ परेका व्यक्ति हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *