`

उखु किसानको आन्दोलनमा पुगे माधव नेपाल (तस्बिरहरु)

Nepal One HD १० भदौ २०८२ १५:४८
राजनीति

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले उखु किसानको आन्दोलनमा समर्थन जनाएको छ।
उनी माइतीघरमा मण्डलामा पुगेर किसानको आन्दोलनमा सहभागी भएका हुन्।

उनीहरू आन्दोलनरत किसानसँगै सडकमै घर्ना बसे। सरकारले विगतमा तोकेको अनुदान नदिएको र अब कटौती गर्ने निर्णय लिएपछि आइतबारदेखि उखु किसान सडकमा ओर्लिएका हुन्।

यस अघि आजै माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा नेसपा (नयाँ शक्ति) अध्यक्ष डा. बाबुराम भट्टराईले पनि माइतीघर पुगेर किसानको आन्दोलनमा ऐक्यबद्धता जनाइसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *