`

एमाले नेता ऐन महर पक्राउ

Nepal One HD ११ भदौ २०८२ १६:२०
राजनीति

काठमाडौं । नेकपा (एमाले)का नेता ऐन महर पक्राउ परेका छन् । बुधबार नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भोटाहिटीबाट पक्राउ गरेको हो ।

विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार जिल्ला अदालत, काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदालत, काठमाडौं लगेको छ । महरविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *