`

पक्राउ परेका एमाले नेता महर हाजिरी जमानीमा छुटे

Nepal One HD ११ भदौ २०८२ १९:०४
राजनीति

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर हाजिर जमानीमा छुटेका छन्। उनलाई सरकारी वकिलको कार्यालयले हाजिरी जमानीमा छाडेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराले जानकारी दिए ।

पीडित महिलाले हुलाकमार्फत दिएको निवेदनका आधारमा महरलाई आजै पक्राउ गरिएको थियो ।

ऐन महरसहित उनका परिवारले एक जना युवती माथि अपशब्द र विभिन्न लाल्छना लगाउँदै सामाजिक सञ्जालमा भिडिओ तथा फोटोहरू पोष्ट गरेको आरोपमा ती युवतीले हुलाक मार्फत उजुरी दर्ता गराएकी थिइन । विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार महर विरुद्ध कारवाही माग गर्दै उजुरी दर्ता भएको थियो ।

महर अनेरास्ववियुको विद्यार्थी राजनीति हुँदै केन्द्रीय सदस्य बनेका हुन् । स्थायी घर बझाङ भएका महर गएको निर्वाचनमा संघीय सांसदका उमेदवारसमेत बनेका थिए । तर, उनी नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता भानुभक्त जोशीसित पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *