`

प्रदेशसभासम्बन्धी संशोधन विधेयक प्रमाणीकरण

Nepal One HD ११ भदौ २०८२ २३:२९
राजनीति

कैलाली । सुदूरपश्चिममा प्रदेशसभासम्बन्धी संशोधन विधेयक प्रमाणीकरण गरिएको छ ।

आज यहाँ प्रदेशप्रमुख नजिर मियाँले ‘सुदूरपश्चिम प्रदेशसभाको सचिव तथा सचिवालय व्यवस्थापनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ लाई प्रमाणीकरण गरेका हुन् ।

यो ऐन २०७५ सालदेखि नै कार्यान्वयनमा छ । गत असार १३ गते शुक्रबार बसेको छैटौँ अधिवेशनको १३औँ बैठकल ऐन संशोधन गरेको थियो ।

गत असार २३ गते सभामुखले प्रमाणित गरेको विधेयक प्रमाणीकरणका लागि यही भदौ १० गते प्रदेशप्रमुख कार्यालय पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *