`

दुर्घटनामा कमी ल्याउन र ट्राफिक सचेतना अभिवृद्धि गर्न बानियाँको निर्देशन

Nepal One HD ११ भदौ २०८२ २२:३०
राजनीति

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सवगारी दुर्घटनामा कमी ल्याउन र ट्राफिक सचेतना अभिवृद्धि गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित सुरक्षा निकायसँगको छलफलमा मुख्यमन्त्री बानियाँले प्रदेशमा बढ्दो सवारी दुर्घटनामा कमी ल्याउन सुरक्षा निकाय र सरोकारवालासँग सहकार्य गरी कदम चाल्न निर्देशन दिए ।

सवारी चालकले मादक पदार्थ र लागुऔषध सेवन गरेर सवारी चलाएको वा नचलाएको जाँचलाई नियमित र कडा बनाउन एवं सवारी दुर्घटनामा कमी ल्याउने गरी ट्राफिक सचेतना अभिवृद्धि कार्यक्रम चलाउन निर्देशन दिँदै मुख्यमन्त्री बानियाँले पछिल्लो समय सवारी दुर्घटना बढेर अनाहकमा सर्वसाधारणको ज्यान गइरहेकोप्रति सरकारको गम्भीर ध्यान गएको उल्लेख गरे ।

‘नो हेलमेट, नो फ्युल’ अभियानलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले हेलमेट प्रयोग नगर्नेलाई इन्धन नदिने अभियानमा कडाइ गर्नुपर्नेमा जोड दिए ।

सो अभियान कार्यान्वयनका लागि नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनलाई पत्राचार गरेर अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुरक्षा निकायलाई उनले निर्देशन दिए । छलफल कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *