`

एक वर्षभित्र प्रयोग नगरिए दर्ता भएका ट्रेडमार्क पनि खारेज हुने

Nepal One HD १२ भदौ २०८२ १०:५१
अर्थ समाचार

काठमाडौं । दर्ता भएका ट्रेडमार्क एक वर्षसम्म प्रयोग नगरे खारेज हुने भएका छन् । उद्योग विभागले गरेको नयाँ व्यवस्थाअनुसार एक वर्षभित्र ट्रेडमार्क प्रयोग नगरिए खारेज हुने भएका हुन् ।

ट्रेडमार्क दर्ता गर्ने तर, व्यवसाय सञ्चालन नगरी होल्ड गरिराख्ने प्रवृत्ति बढेसँगै विभागले नयाँ व्यवस्था गरेको हो । ट्रेडमार्क दर्ता भइसकेका व्यवसायीलाई विभागले प्रयोगसम्बन्धी प्रमाण पेश गर्न आग्रह गरेको छ । प्रयोग नगरेको अवस्थामा कारणसहितको विवरण पेश नगरेमा दर्ता स्वतः खारेज हुने विभागले जनाएको छ ।

पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ ले ट्रेडमार्क दर्ता, संरक्षण र अधिकारसम्बन्धी स्पष्ट प्रावधान राखेको छ । ऐनको धारा १६(१) अनुसार, दर्ता भएको ट्रेडमार्क व्यवसायमा एक वर्षभित्र प्रयोगमा ल्याउनुपर्ने व्यवस्था छ । प्रयोगमा नल्याएको अवस्थामा विभागलाई जानकारी दिनुपर्ने र नगरेमा ट्रेडमार्क स्वतः अमान्य हुने ऐनमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *