`

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

Nepal One HD १६ भदौ २०८२ १२:२६
प्रमुख खबर

थियानजिन (चीन) ।  प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ ।

शाङ्घाई सहयोग सङ्गठन (एससिओ)  को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबीच भेटवार्ता भएको हो । उनीहरूबीच जलवायु परिवर्तनबाट परेको असर र त्यसका ठूला मुलुकले निर्वाह गर्नुपर्ने दायित्वका विषयमा समान मत रहेको थियो ।

प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणामा मिलेर काम गर्न आग्रह गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रतिनिधिमण्डलमा सहभागी उच्चपदस्थ पदाधिकारीको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *