`

मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी महिलाको मृत्यु

Nepal One HD १९ भदौ २०८२ १९:४४
समाज

काठमाडौँ, १९ भदौ-काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटी भाटभटेनीस्थित सडकमा बा ५१ प ४९७६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

आज मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौँ साँखु बस्ने उदयपुरकी ३५ वर्षीया उषा तामाङ घाइते भएकी र उनको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *