`

आज अन्तर्राष्ट्रिय परोपकार दिवस, मदर टेरेसाको स्मरण गरी मनाइँदै

Nepal One HD २० भदौ २०८२ ७:३३
राजनीति

काठमाडौं । आज अन्तर्राष्ट्रिय परोपकार दिवस मनाइँदै छ । विश्वका विभिन्न मुलुकमा निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पण गरेकी मदर टेरेसाको स्मरण गर्दै परोपकारी गतिविधिका साथ यो दिवस मनाइँदै छ ।

सन् २०१२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । असमानता, गरिबी र विविध ढङ्गका पीडाबाट ग्रसित समुदायका सदस्यलाई सहयोग गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *