`

उराँव समुदायको उत्थानका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छः सभापति देउवा

Nepal One HD २१ भदौ २०८२ २१:१०
राजनीति

इनरुवा (सुनसरी), २१ भदौः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उराँव समुदायको उत्थानका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा आज करम पूर्वसन्ध्या तथा करम पूजा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै सभापति देउवाले उराँव समुदायको उत्थानका लागि स्थानीय र प्रदेश सरकार बढी सक्रिय भएर योजना बनाउनुपर्ने बताउनुभयो । उराँव समुदायका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग उहाँले आग्रहसमेत गर्नुभयो ।

सभापति देउवाले उराँव समुदायका नागरिकको शैक्षिक गुणस्तर उकास्न स्थानीय तथा प्रदेश सरकारसहित सङ्घीय सरकारको सहकार्य र समन्वय आवश्यक पर्ने खाँचो औँल्याउनुभयो । यो समुदायको उत्थानका लागि नेपाली कांग्रेसले नेपाल उराँव सङ्घ गठन गरेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, राजिव कोइराला, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजाद, कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीलगायत व्यक्तिको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *