कांग्रेस पार्टी कार्यालयमा लगाइयो आगो, गगन थापाको घर अगाडि ढुंगामुढा

नेपाली कांग्रेस

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगो लगाइएको छ । आन्दोलनमा उत्रिएका आक्रोशित जेनजीले ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा आगजनी गरेका हुन् । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको घरमा पनि ढुंगामुढा प्रहार भएको छ । जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए ।
लगत्तै आज बिहानबाटै प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ । प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन् । यसैबीच सोमबार प्रदर्शनकारीले कमलपोखरीस्थित थापाको घरमा पुगेर प्रदर्शन गरिरहेका हुन् । अहिले पनि प्रदर्शनकारीहरू थापाको घरमा ढुंगामुढा गरिरहेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया