`

मधेश प्रदेशका अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरुमा आगजनी र तोडफोड

Nepal One HD २४ भदौ २०८२ १८:४२
राजनीति

काठमाडौं । जनकपुरधामका अधिकांश सरकारी कार्यालय र मधेश प्रदेश सरकार मातहतका मन्त्रालय र निकायहरुमा तोडफोड र आगजनी भएको छ ।

सोमबार काठमान्डौमा जेनजीले गरेको विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो । त्यसपछि देशभरका युवाहरु प्रदर्शनमा उत्रेका छन् । सोही क्रममा मंगलबार (आज) जनकपुरधाममा हजारौंको संख्यामा आक्रामक बनेका युवाहरुले विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड गर्नुका साथै कार्यालय, सवारी साधनलगायतमा आगजनी गरेका छन् ।

युवाहरुले मधेश प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मधेश भवनभित्र रहेका विभिन्न मन्त्रालय र मन्त्रीका क्वाटर, कृषि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, शिक्षा तथा संस्कृति मन्त्रालयमा तोडफोड गर्नुका साथै करीब २ दर्जन सवारी साधनमा आगो लगाएका छन् ।

युवाहरुले जनकपुरधामस्थित नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको निवास, एमालेका नेता रघुविर महासेठको घर, एमाले पार्टी कार्यालयमा पनि तोडफोड गर्नुका सागै आगजनी गरेका छन् ।युवाहरुले केपी ओली मुर्दावाद, शेरवहादुर देउवा मुर्दाबाद, भ्रष्टाचार गर्न पाउँदैनलगायतका नारा लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *