चुनावको निर्णय बाइडेनलाई छोड्नु ‘कमजोरी’ भएको ह्यारिसको भनाइ


पूर्व उपराष्ट्रपति कमला ह्यारिसले डेमोक्र्याटहरूले गत वर्ष तत्कालिन राष्ट्रपति जो बाइडेनलाई अर्को कार्यकाल प्रतिस्पर्धा गर्ने कि नगर्ने भन्ने निर्णय लिन स्वतन्त्र छोड्नु ‘कमजोरी’ भएको बताउनुभएको छ । उहाँले पूर्वराष्ट्रपतिको निर्णय गर्ने क्षमताको भने रक्षा गर्नुभएको छ ।
द एटलान्टिकमा बुधबार प्रकाशित ‘वन हन्ड्रेड सेभेन डेज’ को एक अंशमा ह्यारिसले लेख्नुभएको छ, “८१ वर्षीय बाइडेनले पुनः चुनाव लड्ने कि नलड्ने भन्ने प्रश्न उठेपछि उहाँ र अन्यले यो निर्णय पूर्वराष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनको जिम्मामा छोडिदिएका थिए । सेप्टेम्बर २३ मा साइमन एन्ड शुस्टरद्वारा प्रकाशित हुने ह्यारिसको पुस्तक ‘वन हन्ड्रेड सेभेन डेज’ को शीर्षकले उहाँको संक्षिप्त राष्ट्रपति अभियानको लम्बाइलाई सङ्केत गर्दछ।
“के यो अनुग्रह थियो, वा यो लापरबाही थियो? पछाडि फर्केर हेर्दा, मलाई लाग्छ कि यो लापरबाही थियो”, ह्यारिसले भन्नुभएको छ, “उहाँले यो टिप्पणी पहिलो हो । यो एक दुर्भाग्यपूर्ण निर्णय थियो ।”
बाइडेनले जुलाई २०२४ मा खराब बहस प्रदर्शनपछि निर्णयबाट पछि हट्दै ह्यारिसलाई डेमोक्र्याटिक टिकटको नेतृत्वका लागि अघि सार्नुपरेको थियो । निर्वाचन अभियानमा भएका यी र यस्तै केही कमजोरीका कारण अन्ततः ह्यारिसले रिपब्लिकन नेता तथा वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पराजित हुनुपरेको थियो ।
“चुनौती निकै धेरै उच्च थियो”, ह्यारिस पुस्तकमा लेख्नुहुन्छ, “यो एक व्यक्तिको अहंकार, महत्वाकांक्षामा छोड्नु पर्ने विकल्प थिएन। यो व्यक्तिगत निर्णयभन्दा बढी हुनुपथ्र्यो ।”
बाइडेनको कार्यालयले यसबारे बुधबार तत्काल कुनै टिप्पणी गरेको छैन ।
अभियानको क्रममा र यसको पछाडि, ह्यारिसले आफूले सहयोगी बनेर सघाएका राष्ट्रपतिको धेरै आलोचना भने गर्नुभएको छैन । उहाँले बाइडेनको मानसिक तीक्ष्णताको बारेमा प्रश्नहरूको बचाउ गर्नुभएको छ ।
पुस्तकको अर्को एक अंशमा भनिएको छ, “ह्यारिसले बाइडेनको काम गर्ने क्षमताको बचाउ गर्दै सन् २०२४ मा विशेष गरी उहाँको ‘बहस पराजय’ को समयमा ‘थकित भएको’ देखेको वर्णन गर्नुभएको छ ।
“उनको सबैभन्दा खराब दिन (ट्रम्पसँगको बहस)मा अधिक गहिरो ज्ञान र निर्णय दिने प्रयास गर्नुभएको थियो र सक्षम पनि हुनुभएको थियो र डोनाल्ड ट्रम्पभन्दा धेरै दयालुरूपमा प्रस्तुत पनि हुनुभएको थियो ।
ह्यारिस लेख्नुहुन्छ, “८१ वर्षको उमेरमा त्यो बेलाको उहाँको दौडधुपले जो बाइडेन थाक्नुभएको थियो । उहाँको उमेर शारीरिक र मौखिक चुनौती एक साथ खडा भएका थिए। मलाई लाग्दैन कि यो कुनै आश्चर्य हो । बहसको पराजय हुने दिन उहाँले लगातार युरोपको दुई यात्राहरू र ‘हलिउड फन्डरेजर’को लागि वेस्ट कोस्टको उडानको ठीक पछि भएका थिए । मलाई यो अक्षमता थिया भन्ने लाग्दैन।”
पुस्तकमा ह्यारिसले बाइडेनका नजिकका व्यक्तिहरूलाई पनि दोष दिनुभएको छ । उहाँले उपराष्ट्रपतिको रूपमा काम गरेको समयमा मिडिया कभरेजको प्रशंसा गर्नुभयो ।
उहाँले पहिलो महिला उपराष्ट्रपतिको रूपमा उच्च स्तरको छानबिनको बारेमा पुस्तकमा भन्नुहुन्छ, “कतिपय कामहरू अनुचित वा गलत हुन्थे तर पनि राष्ट्रपतिको भित्री घेरामा यो ठीक ठहरिन्थ्यो । वास्तवमा, यस्तो लाग्थ्यो कि उनीहरूले निर्णय गरे कि मलाई अलि बढी तल खसाल्नुपर्छ।”
मैले बाइडेनका सहयोगी कर्मचारीहरूले ‘नकारात्मक कथा (उनको उपराष्ट्रपति कार्यालय अस्तव्यस्त भएको र उच्च कारोबार भएको)हरूमा इन्धन थप्दै’ गरेको प्रायः थाहा पाउँथेँ,” उहाँले भन्नुभयो ।
गत वर्षको मार्चमा अलाबामाको सेल्मामा उनले दिएको भाषणको वर्णन गर्दै पूर्व उपराष्ट्रपतिले बाइडेनका कर्मचारीहरूलाई पनि आरोप लगाउनुभएको छ । उहाँले भन्नु्भयो, “मैले गाजामा तत्काल युद्धविराम र त्यहाँका मानिसहरूलाई थप मानवीय सहायता पुर्याउन आह्वान गरेकी थिएँ। यो भाइरल भयो, र वेस्ट विङ असन्तुष्ट भयो।”
ह्यारिस भन्नुहुन्छ, “यसलाई राम्रोसँग आपूर्ति गरेकोमा मलाई निन्दा गरिएको थियो।”सेप्टेम्बर २३ मा साइमन एन्ड शुस्टरद्वारा प्रकाशित हुने ह्यारिसको पुस्तकको शीर्षकले उहाँको संक्षिप्त राष्ट्रपति अभियानको लम्बाइलाई सङ्केत गर्दछ।