पाकिस्तानमा सैनिक कारबाहीमा १० आतङ्ककारीको मृत्यु


पाकिस्तान । पाकिस्तानको पश्चिमोत्तर खैबर पख्तूनख्वा प्रान्तमा गरिएको एक सुरक्षा अभियानमा दश सशस्त्र समूह (आतङ्ककारी) मारिएका छन् । पाकिस्तान सेनाको सञ्चार विभाग इन्टर–सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर) ले शनिबार जारी गरेको विज्ञप्तिमा यो जानकारी दिएको हो ।
विज्ञप्तिमासुरक्षा बलहरूले लोअर डिर जिल्लामा सशस्त्र समूहहरूको उपस्थिति रहेको सूचना पाएपछि खुफिया जानकारीको आधारमा कारबाही सञ्चालन गरेका भनिएको छ ।
अभियानको क्रममा सैनिक र सशस्त्र समूहबीच भएको तिव्र गोलीबारीमा दुबै पक्षका थुप्रै जनाले ज्यान गुमाएका छन् ।
अधिकारीहरूले उक्त क्षेत्रमा सशस्त्र समूहहरूको उपस्थिति पूर्णरूपमा समाप्त गर्नका लागि थप सुरक्षा अभियानहरू जारी रहने भनेका छन् ।
पाकिस्तानी सुरक्षा बलहरू देशभर सशस्त्र समूहको समाप्ति गर्दै राष्ट्रिय सुरक्षा सुनिश्चित गर्ने दृढ सङ्कल्पमा रहेको आईएसपीआरले जोड दिएको छ ।