पाकिस्तानबाट निर्वासित अफगान शरणार्थीहरु गम्भिर कठिनाइमा


पाकिस्तान । पाकिस्तानबाट निर्वासित भएका अफगान शरणार्थीहरूले गम्भीर कठिनाइको सामना गरिरहेको टोलो न्यूजले जनाएको छ ।
शरणार्थीहरूलाई उदृत गर्दै उनीहरूलाई पाकिस्तानले जवरजस्ति निष्कासन गरेको कारण गम्भीर कठिनाइको सामना गर्नु परेको जनाएको छ । उनीहरुलाई सामान्य जिवन यापनका लागि तत्काल मानविय सहायताको आवश्यकता रहेको टोलो न्युजले जनाएको छ ।
उपलब्ध सहयता अपर्याप्त रहेको उल्लेख गर्दै दैनिक जिवन यापन र आश्रय लगायतका समस्याहरू माथि टोलो न्युजले प्रकाश पारेको छ ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) अफगानिस्तानका प्रमुख अराफत जमालले सेप्टेम्बरको एक हप्तामा लगभग एक लाख अफगानीलाई पाकिस्तानबाट निर्वासित गरिएको बताएका छन्।
अफगान शरणार्थी आयोगका अनुसार यस हप्ताको सुरुमा इरान र पाकिस्तानबाट कुल दश हजार २८८ जनालाई निर्वासित गरिएको थियो ।
इस्लामिक एमिरेट्सका उप प्रवक्ता हमदुल्ला फितरतले सामाजिक सञ्जाल एक्सको पोस्टमा फर्केका मानिसहरूलाई आवश्यक सहयोगको प्रस्ताव गरिएको टोलो न्यूजले उद्धृत गरेको छ ।
अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसनका प्रमुखले तालिबान अधिकारीहरूलाई महिला कर्मचारीहरूमा प्रतिबन्धको मुद्दालाई सम्बोधन गर्न आग्रह गरेपछि, यूएनएचसीआरले अफगानिस्तानमा यसका धेरै सहायता केन्द्रहरू बन्द गर्नु परेको थियो ।
अफगानिस्तानमा युएनएचसीआरका प्रमुख अराफत जमालले उनीहरूको सञ्चालनका लागि महिलाको सहभागिता आवश्यक रहेको जोड दिएका छन् ।
“सेप्टेम्बर–९ मा, सहयोग केन्द्रहरू बन्द गर्ने निर्णय गरेको जनाउदै धेरै शरणर्थीहरूका लागि प्रारम्भिक सहयो वितरण गर्न, मानिसहरूलाई बायोमेट्रिक रूपमा दर्ता गर्न र सुरक्षा, प्रदान गर्न यी केन्द्रहरू आवश्यक रहेको उनले बताएका छन् ।