जेन–जी शहीदहरुको शवयात्रा (तस्वीरहरु)

फिचर

काठमाडौं । भदौं २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ज्यान गुमाएका जेन–जी शहीदको शवयात्रा शिक्षण अस्पतालबाट पशुपतितर्फ निस्किएको छ । शवयात्रा टिचिङ अस्पतालबाट महाराजगञ्ज, चाबहिलहुँदै पशुपति आर्यघाटसम्म पुग्नेछ ।
१० जनाको शव र्यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकोप्टरमा काठमाडौं बाहिर लगिने भएको छ । चार जनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ । सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । जेनजीको आन्दोलन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ । तीमध्ये धेरैजसो गोली लागेका र केही जलेको अवस्थामा भेटिएकाहरू छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट