बनस्थलीमा विहानै बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रमुख खबर

काठमाडौं । काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट आज (बिहीबार) विहानै एक पैदययात्रीको मृत्यु भएको छ। स्वयम्भुबाट नयाँबसपार्कतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले आज बिहान साढे ५ बजेतिर सिद्धार्थ बनस्थली स्कुल अगाडि ठक्कर दिँदा ६८ वर्षीय पैदलयात्रीको मृत्यु भएको हो ।
मृतक संखुवासभाको खाँदबारी घरभई हाल काठमाडौं बस्दै आएका ६८ वर्षीय जसबहादुर मगर रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट