`

इन्जिनियर साहको संयोजकत्वमा जनस्वराज पार्टी घोषणा

Nepal One HD ४ असोज २०८२ २१:१४
राजनीति

काठमाडौँ, ४ भदौः न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर दीपकुमार साहको संयोजकत्वमा जनस्वराज पार्टी घोषणा गरिएको छ । यही असोज ३ र ४ गते जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रमबाट जनस्वराज पार्टीको घोषणा गरिएको संयोजक साहले जानकारी दिनुभयो ।

भेलाले साहको संयोजकत्वमा प्रशिक्षण विभाग र इन्जिनियर सुरेन्द्रनारायण यादवको संयोजकत्वमा आर्थिक विभागसमेत गठन गरेको छ । पार्टी संयोजक साह यसअघि जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष र आर्थिक विभाग संयोजक यादव जनमतकै कोषाध्यक्ष हुनुहुन्थ्यो ।

उक्त पार्टीले कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्णसमानुपातिक निर्वाचन प्रणाली लागू गर्न, बेथिति र भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही राजनीति स्थापित गर्न, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चिततासहित मुलुक सुहाउँदो पूर्वाधार विकासलाई प्राथमिकता दिनेलगायत उद्देश्य लिएको संयोजक साहले राससलाई जानकारी दिनुभयो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *