दुई वटा संसदीय समितिको बैठक बस्दै

राजनीति

काठमाडौं । सङ्घीय संसद्को दुई वटा संसदीय समितिको बैठक आज बस्दैछ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिनको १ः०० बजे समितिको सभाहल सिंहदरबारमा बस्दै छ ।
बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै,राष्ट्रिय सभा अन्तर्गतकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति समितिको बैठकपनि आज बस्दै छ ।बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा समितिको आगामी योजना तथा कार्यक्रम सम्बन्धमा छलफल हुने छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट