निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीले गरिन् आयोग पदाधिकारीसँग छलफल


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरुबीच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायत अन्य आयुक्तहरुले प्रधानमन्त्रीसँग आगामी निर्वाचनबारे कुराकानी शुरु भएको छ ।
छलफलमा अर्थमन्त्री, गृहमन्त्री, उद्योगमन्त्री, गृहसचिवलगायत झण्डै एक दर्जनको सहभागिता रहेको बताइन्छ । आयोगले यसबीचमा निर्वाचनका लागि भइरहेका तयारीसम्बन्धी काम कारबाही, जटिलता र सरकारले दिनुपर्ने निकासका विषयमा छलफल भएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।
सरकारले आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरिसकेको छ । सरकारले विदेशमा रहेका नेपालीलाई पनि मतदानमा सहभागी गराउन चाहेको छ । यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले आयोग पदाधिकारीसँग गरेको छलफलमा यो कुरा राखेका थिए ।