नख्खु कारागार घटनाबारे छानबिन समिति बनाउने रास्वपाको निर्णय

प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नख्खु कारागार घटनाबारे छानबिन समिति बनाउने निर्णय गरेको छ । बैठकले आगामी कात्तिक १४ र १५ गते केन्द्रीय विस्तारित बैठक गर्ने निर्णय पनि गरेको छ ।
मंगबार र बुधबार बसेको बैठकमा छलफल गर्दै भदौ २४ गते नख्खु कारागारलगायतका स्थानमा भएका घटनामा पार्टी सदस्यहरूको संलग्नता रहे–नरहेकोबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सञ्चारमन्त्रीलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउन सरकारको ध्यानाकर्षण गराइने छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट