`

‘म्याण्डेड’ पूरा गर्न नसके सरकारमाथि प्रश्न उठ्छ – गृहमन्त्री अर्याल

Nepal One HD १० असोज २०८२ ८:१३
राजनीति

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा दह्रिलोसँग उभिने बताउनुभएको छ । सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले छ महिनाभित्र निर्वाचन गर्ने ‘म्याण्डेड’सहित वर्तमान सरकार निर्माण भएको स्पष्ट पार्नुभयो । “सरकारले आफ्नो उद्देश्य पूरा गर्न सकेन भने प्रश्न उठ्छ”, उहाँले भन्नुभयो ।

जेनजी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न आयोग गठन गरिसकिएको जानकारी दिँदै उहाँले आयोगले गर्ने सिफारिसका आधारमा सरकारले काम गर्ने स्पष्ट पार्नुभयो । “अनुसन्धान गर्ने निकायले केके सिफारिस गर्छ, त्यहीअनुसार हुन्छ”, उहाँले भन्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *