जेनजीलाई मोहरा बनाएर देशमा आगजनी र अपमानजनक गतिविधि मच्चाइयो – सूर्य थापा

प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले जेनजीलाई मोहरा बनाएर देशमा आगजनी र अपमानजनक गतिविधि मच्चाइएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत थापाले यस्तो बताएका हुन् ।
उनले पार्टीभित्रको कथित पुनर्गठन र रूपान्तरणको नाममा मुलुकमा अराजकता फैलाउने प्रयास भएको आरोप लगाएका छन् ।
उनले लेखेका छन्, ‘पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो नगरौं१ जेनजीलाई मोहरा बनाएर मच्चाइएको आगजनी र अपमान किमार्थ अनुकरणीय छैन ।’थापाले यस्तो गतिविधि अनुकरणीय नभएको उल्लेख गर्दै नेतृत्वप्रति पनि अप्रत्यक्ष रूपमा असन्तुष्टि जनाएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट