`

धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, एक जना गम्भीर घाइते

Nepal One HD १० असोज २०८२ १९:५३
समाज

महेन्द्रनगर (धनुषा), १० असोजः धनुषामा आज तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने एक जना गम्भीर घाइते भएका छन् ।

जनकनन्दिनी गाउँपालिका-५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कमला नगरपालिका-२ माची र लगमाबीचको खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

सो दुर्घटनामा पछाडि सवार १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राहुलको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । उहाँका अनुसार तीनै जना भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लगमा बजारबाट जाँदै गर्दा दुर्घटना भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *