पृतनापति समन्वयात्मक बैठक सम्पन्न, छलफलमा के के भए ?

प्रमुख खबर

काठमाडौँ, १० असोज : नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखको भौतिक उपस्थिति र पृतनापतिको ‘भर्चुअल’ सहभागितामा पृतनापति समन्वयात्मक बैठक २०८२ सम्पन्न भएको छ ।
बिहीबार भएको उक्त बैठकमा विभागीय प्रमुखलगायत पृतनापतिले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यको समीक्षा एवं सुझावहरू प्रस्तुत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ । नेपाली सेनाको वार्षिक कार्यतालिकाअनुसार वर्षको दुईपटक पृतनापति समन्वयात्मक बैठक सञ्चालन हुँदै आएको छ ।
यही असोजको पहिलो हप्ता जङ्गीअड्डामा समसामयिक परिस्थितिबारे पूर्वप्रधानसेनापतिसँग छलफल तथा अन्तक्र्रिया सञ्चालन भएको सेनाले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट