`

महिला फुटबलको लागि मिनि रंगशालाको काम धमाधम – बालेन शाह

Nepal One HD ११ असोज २०८२ १८:१९
प्रमुख खबर

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महिला फुटबलको लागि मिनि रंगशालाको काम भइरहेको जानकारी गराएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले महिला फुटबलको लागि Dedicated Training ग्राउन्ड र मिनि रंगशाला को काम भइरहेको बताएका हुन् ।

उनले लेखेका छन् – महिला फुटबलको लागि Dedicated Training ग्राउन्ड र मिनि रंगशाला ।बिगत केही बर्ष देखि महिला फुटबलले पाएको सफलता कसै माझ लुकेको छैन । हामी काठमाडौ महानगर आए सङै हाम्रो उद्देश्य कम्तीमा एउटा १२ महिना खेल्न मिल्ने सुबिधा सम्पन्न एउटा Training Ground बनाउने थियो । जग्गा प्राप्तीमा केही समय लाग्यो । काठमाडौ वार्ड ५ ले सानो गौचरणको जग्गामा सहजीकरण गरेसङै अहिले सानो गौचरन स्टेडियम (रंगशाला) को पुनःनिर्माणको काम धमाधम भइरहेको छ । २०८१ मंसिरमा पुन निर्माण सुरु भएको रंगशाला ०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष लिएका छौ । रंगशाला १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको छ ।

हामी महानगरपालिकामा आए पछि विद्यालयको खेल मैदान देखि यस्ता सार्वजनिक स्थानका खेल मैदानको स्तरउन्नतीमा ध्यान दिएका छौ । स्टेडियममा ९६×६२ मिटरको खेल मैदान बन्ने छ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ । वरिपरि सिमा पर्खाल हुनेछ ।

रंगशाला परिसरमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ राखिएको छ । स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *