`

जो बदलिन्छन्, तिनले नेतृत्व लिन्छन् : विश्वप्रकाश शर्मा

Nepal One HD २१ असोज २०८२ १३:४९
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र चलिरहेको विशेष महाधिवेशनसम्बन्धी बहसमा खुला धारणा सार्वजनिक गर्दै हस्ताक्षर अभियानलाई समर्थन गरेका छन् । उनले २६ असोजको केन्द्रीय कार्य समिति बैठक अगावै २४ असोजभित्र हस्ताक्षर गर्न सक्नेहरूलाई हस्ताक्षर गर्न आह्वान गरेका छन् ।

उनले एक भिडियो सन्देशमार्फत पार्टी कार्यकर्तामा देखिएको अन्योल हटाउँदै भने, ‘साइत केका लागि हेर्नु हुन्छ ? चाहने हो भने २४ गतेभित्रै हस्ताक्षर गर्नुहोस् ।’

‘विधान अनुसारको प्रक्रिया पार्टीलाई कमजोर होइन’
उनले विशेष महाधिवेशनलाई पार्टीको कमजोरी नभई संविधान प्रदत्त अधिकारको प्रयोगका रूपमा चित्रण गर्दै भनेका छन्, ‘जब विधानमै व्यवस्था छ भने त्यसको प्रयोगले पार्टीलाई कमजोर बनाउँदैन । सफल अपरेसनले शरीर तन्दुरुस्त बनाउँछ, पार्टी पनि त्यस्तै हो ।’

शर्माले पार्टीको नियमित महाधिवेशन नै दीर्घकालीन समाधान भएको धारणा पनि राखेका छन् । तर त्यो सम्भव नभएमा भनेका छन्, ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरले माग गरे बमोजिम विशेष महाधिवेशनमा जानु नै वैधानिक बाटो हो ।’

सात बुँदामा शर्माका धारणा :
१) हस्ताक्षर गर्न चाहनेहरू २४ असोजभित्र गर्नुहोस् ।
२) विशेष महाधिवेशन पार्टीलाई कमजोर बनाउँदैन, यो विधानसंगत प्रक्रिया हो ।
३) २६ गतेको बैठक पर्खनुभन्दा अघि नै हस्ताक्षर गर्नु प्रभावकारी हुन्छ ।
४) केन्द्रीय समितिले चाह्यो भने आफै विशेष महाधिवेशन बोलाउन सक्छ ।
५) तर नबोलेमा, प्रतिनिधिहरुको हस्ताक्षरमार्फत प्रक्रिया अघि बढाउन सकिन्छ ।
६) सर्वोत्तम विकल्प भनेको नियमित महाधिवेशन हो, मंसिर मसान्तसम्म गर्नु उपयुक्त ।
७) छोटो समयमै महाधिवेशन सम्भव छ–युवा आन्दोलनले सत्ता उल्टाई दिन्छ भने पार्टी महाधिवेशन गर्न किन नसक्ने ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *