`

सानेपामा देउवाको आठ बुँदे सम्बोधन (पूर्णपाठ)

Nepal One HD २८ असोज २०८२ १५:२२
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्त्रण गर्ने बताएका छन् ।

उनले भने, ‘पार्टीको आन्तरिक जीवन, आगामी १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरु उठेका छन् । म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने घरमा सधैँ एकै जना मुली रहँदैन पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन । जहाँसम्म मेरो विषय छ मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्त्रण गर्छु भनिसकेको छु ।’

आगामी १५औं महाधिवेशनबाट आफू बाहेक अरु कुनै सभापति बन्ने भएकाले द्विविधा नपर्न आग्रह गरेका छन् । देउवा जेनजी विद्रोहपछि मंगलबार सार्वजनिक भएका हुन् । आजको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै देउवाले भदौ २४ गतेलाई इतिहासकै डरलाग्दो दिन पनि भनेका छन् ।

‘गत भाद्र २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कै रुप लियो निर्दोष नव युवकहरूको ज्यान गयो । यस घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहित बनाएको छ,’ उनले भने, ‘यसबाट अकल्पनीय जनधनको क्षति भयो । सम्भवतः यो नेपालको इतिहासमै एउटा डर लाग्दो दिनको रुपमा लिपीबद्ध हुनेछ ।’

हेर्नुस् देउवाको सम्बोधन

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *