`

कञ्चनपुर–कमला सडक विस्तारमा ढिलाइ, दुईपटक म्याद थपिए पनि प्रगति ६७ प्रतिशत मात्र

Nepal One HD १ कार्तिक २०८२ १९:२४
प्रमुख खबर

सिरहा। गौरवको आयोजनाका रूपमा अगाडि बढाइएको कञ्चनपुर–कमला सडक विस्तार तथा स्तरोन्नतिको काम दुईपटक म्याद थपिएपछि पनि सुस्त गतिमा छ। सन् २०२३ अक्टोबर २८ मा सक्ने लक्ष्य राखिएको यो रु १५ अर्ब ६६ करोडको आयोजनाको हालसम्मको निर्माण प्रगति ६७ प्रतिशत मात्र छ।

चाइना रेलवे कम्पनी–२ इञ्जिनियरिङ ग्रुपले ठेक्का पाएको यो आयोजनाको हालको सम्झौताअनुसार अब डिसेम्बर २०२५ भित्र काम सक्नुपर्नेछ।विशेष गरी पश्चिम खण्डअन्तर्गत लहान क्षेत्रमा काम निकै सुस्त छ। योजना पश्चिम खण्डका सूचना अधिकारी सरोजकुमार कोइरालाका अनुसार अण्डरपास, ओभरपास र आकाशेपुलको पाइल फाउण्डेशन जस्ता मुख्य संरचना निर्माण नहुनु प्रमुख अवरोध हो।

निर्माणस्थलमा पर्ने विद्युत् प्राधिकरणका पोल समयमै नहटाइँदा पनि ढिलाइ भएको कोइरालाको भनाइ छ। निर्माणमा ढिलाइ हुँदा स्थानीयले वर्षौँदेखि धुलो र हिलोको सास्ती भोगिरहेका छन् भने व्यापारसमेत प्रभावित भएको छ। कम्पनीले लागत बढेको भन्दै आर्थिक नोक्सानी बेहोरेको बताउँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *