अब पार्टीभित्र नाटक र अलमल गर्ने समय छैन, गुटबन्दी बन्द गरौ – नेता भण्डारी

नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको गुटबन्दी बन्द गर्नुर्ने बताएका छन् ।आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । उनले विगतका मापदण्ड बदलेर गुटबन्दी अन्त्य गर्नुपर्ने बताए । उनले अब पार्टीभित्र नाटक र अलमल गर्ने समय नभएको पनि बताए ।
उनले भनेका छन्,‘विगतका मापदण्ड बदल्नु पर्दछ । गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नु पर्दछ ।नाटक अब चल्दैन ।नेतृत्व कसिमा उत्रनु पर्दछ। अब अलमल गर्नु हुँदैन । खरानी हात परेको छ । सफा अब गर्नै पर्दछ ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको