दानीखेतमा जीप दुर्घटना, एकको मृत्यु
प्रमुख खबर
खलङ्गा । मार्मा गाउँपालिका–३ दानीखेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जीीप दानीखेतमा आज बिहान दुर्घटना जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको हो । जीप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा नभएको प्रहरीले जनाएको छ । प्रहरीले जीप चालकको खोजी एवम् अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
