त्रिपक्षीय बैठकमा जेनजीको तर्फबाट १३ जना प्रतिनिधि
प्रमुख खबर
काठमाडौं । सरकारले आह्वान गरेको त्रिपक्षीय छलफल जेनजीको तर्फबाट १३ जना सहभागी हुने भएका छन् । बुधबार अपराह्न बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीबीच संयुक्तरूपमा छलफल हुँदै छ ।
छलफलमा सहभागी हुने जेनजी प्रतिनिधिको सूचीमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर छन् ।
यसअघि, प्रधानमन्त्री कार्कीले भने राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरिसकेकी छन् । आगामी फागुन २१ गतेको निर्वाचनका लागि सरकारले छलफललाई तीव्र पार्ने प्रयास गरिरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
