`

खगेन्द्र सुनारको सकियो बयान र थुनछेक बहस, आदेश आउन बाँकी

Nepal One HD १३ कार्तिक २०८२ १४:५२
प्रमुख खबर

काठमाडौं । अदालतको अवहेलना र अधिवक्तामाथि अपशब्द प्रयोग गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका खगेन्द्र सुनारको बयान र थुनछेक बहस जिल्ला अदालत काभ्रेपलाञ्चोक, धुलिखेलमा सकिएको छ । न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा भएको बहस सकिए पनि आदेश आउन बाँकी छ ।

सुनारमाथि अधिवक्ता मनिषा गौतमविरुद्ध फेसबुक र लाइभमार्फत् अपशब्द प्रयोग गरेको आरोप लागेको छ । उनीमाथि साइबर ब्यूरोमा मुद्दा दर्ता र आवश्यक अनुसन्धानपछि अदालतमा पेश गरिएको हो । गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकोले ब्यूरोले उक्त मुद्दालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो । अनुसन्धानका क्रममा सुनार फरार रहेकाले प्रहरीले फरार राखेर गत साउन २ गते अदालतमा मुद्दा पेश गरेको थियो ।

जिल्ला अदालतमा ८२ सालको श्रावणमा दोस्रो मुद्दाको रुपमा दर्ता भएको (८२ सी१–००२ नम्बर) को मुद्दा सरकारवादी फौजदारीको रुपमा दर्ता भएको थियो। त्यसको तीन दिन पछाडि साउन ५ गते सुनारलाई पक्राउको लागि जिल्ला अदालतले सुनारको स्थायी ठेगाना भएको प्रहरी कार्यालय दैलेखमा पक्राउ गर्न पुर्जी जारी गरेको थियो । अदालतका श्रेस्तेदार कार्कीका अनुसार, गत साउन ५ गते ७ दिन र ३५ दिन म्याद राखेर पक्राउ पुर्जी जारी गरेको थियो । पछिल्लो पटक मन्त्रिपरिषद् विस्तार हुँदा सुनारको नामसमेत सिफारिस भएको थियो । उनीमाथि विभिन्न मुद्दाका विषय बाहिरिएपछि अन्तिम समयमा नाम सूचीबाट हटाइएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *