बीपीसहित १० राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूचीसहित)
 Nepal One HD									१४ कार्तिक  २०८२ ११:०७
Nepal One HD									१४ कार्तिक  २०८२ ११:०७
								 
 					काठमाडौं । अविरल वर्षाका कारण देशभरिका १० वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार इलामस्थित मेची राजमार्गमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । निषेध गरिएका कारण उक्त राजमार्ग पूर्ण अवरुद्ध रहेको इलामका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिएका छन् । संखुवासभा भोटखोला गाउँपालिका–४ बरुणखोलास्थित कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध छ । पाँचथरमा अविरल वर्षाका कारण तमोर करिडोर सडक पूर्ण अवरुद्ध छ ।
ओखलढुंगाको मानेभञ्ज्याङस्थित सिद्धिचरण राजमार्ग अवरुद्ध रहेको प्रहरीले जनाएको छ । यस्तै बागमती प्रदेशस्थित काभ्रेमा बीपी राजमार्ग, रसुवामा पासाङल्हामु सडक र नेपाली–चीन जोड्ने सडक, सिन्धुलीको मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । गण्डकी प्रदेशको मुस्ताङस्थित जोमसोम–कोरोला सडक र म्याग्दीको बेनी–दरवाङ सडक पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । पहिरोका कारण अवरुद्ध भएको अर्घाखाँची सन्धिखर्क नगरपालिका–६ माथिल्लो रिब्दीस्थित सन्धिखर्क–गोरुसिंगे सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
यी हुन् अवरुद्ध राजमार्ग


 
   
   
   
   
   
   
   
   
   
   
   
   
 							