`

नेतृ झाँक्रीको चेतावनी : व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ

Nepal One HD १४ कार्तिक २०८२ ११:१६
प्रमुख खबर

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) की नेतृ रामकुमारी झाँक्रीले व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्ने चेतावनी दिएकी छिन् । नेकपा (माओवादी केन्द्र) र एसबीच पार्टी एकताको अन्तिम तयारी भइरहेका बेला झाँक्रीले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् । उनले भनिन्, ‘व्यक्तिगतको आवश्यकता र व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ । इतिहासको वास्तविकता यस्तै छ ।’ उनले मान्छे नै थपेर बहुमत पु¥याउन सकिए पनि बहुमतले सबैको भावना बोक्छ भन्ने नहुने टिप्पणी गरिन् ।

एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकताको तयारी हुँदै गर्दा नेताहरूको फरक–फरक मत आइरहेको छ । एकीकृत समाजवादीको जारी केन्द्रीय समिति वैठकमा माओवादीसँगको एकताको विषयलाई लिएर नेताहरु दुई धारमा विभाजित भएका छन् । अध्यक्ष नेपालसहितका नेता एकताको पक्षमा छन् भने सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, रामकुमारी झाँझीलगायतका नेता एकता गर्न नहुने पक्षमा देखिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *