`

कुलमानको निर्णयविरूद्ध हितेन्द्रदेव शाक्य पुगे सर्वोच्च

Nepal One HD १७ कार्तिक २०८२ २०:५६
बिशेष

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान  घिसिङले आफूलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको निर्णयविरूद्ध शाक्यले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनले उत्प्रेषणको आदेश माग गरेका छन्।

शाक्यलाई केपी शर्मा ओली नेतृत्वको सरकारले चार वर्षका लागि विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

शाक्य २०८१ चैत ११ गते नियुक्त भएका थिए। कार्यकालको ६ महिना राम्ररी पुग्न नपाउँदै गत असोज ५ गते उनलाई मन्त्री घिसिङले प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरूवा गरिदिएका थिए।

उनलाई आयोगमा पुर्‍याएपछि घिसिङले कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *